गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते १७:२०
काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको आधिकारिक प्रवक्ताको रूपमा काम गर्ने गरी नयाँ जिम्मेवारी तोकेको हो ।
यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सरकारको प्रवक्ता थिए ।
तर, आगामी प्रतिनिधिसभा निर्वाचनमा ललितपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बन्नका लागि खरेलले मन्त्री पदबाट राजीनामा दिएपछि प्रवक्ताको पद खाली भएको थियो ।
प्रवक्ताको जिम्मेवारी पाएसँगै अब मन्त्रिपरिषद्का निर्णयहरू र सरकारका आधिकारिक धारणाहरू गृहमन्त्री अर्यालले सार्वजनिक गर्नेछन् ।
Facebook Comments