कैलाली-१ मा रेशम चौधरीको उम्मेदवारी खारेज
नेपालविरुद्धको उजुरी खारेज
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते १८:०४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरिदिएको छ ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भई सजाय पाएका र पछि राष्ट्रपतिबाट माफी पाएका चौधरीको कानुनी योग्यतामाथि प्रश्न उठाउँदै परेको उजुरीमाथि छलफल गर्दै आयोगले यो निर्णय लिएको हो ।
त्यस्तै, पूर्वप्रधानमन्त्री एवं रौतहट–१ का उम्मेदवार माधवकुमार नेपालविरुद्ध परेको उजुरी भने आयोगले खारेज गरिदिएको छ । भक्तपुर–२ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री र नेपाल जनसेवा पार्टीकी जानुका पाठकविरुद्धका उजुरी पनि प्रमाण नपुगेको भन्दै खारेज भएका छन् ।
यद्यपि, सुनसरी–२ बाट उम्मेदवार रहेका रास्वपाका लालविक्रम थापाविरुद्ध परेको उजुरीमाथि भने आयोगले अझै कुनै अन्तिम निर्णय लिएको छैन र यसबारे छलफल जारी रहेको छ ।
Facebook Comments