जनक शिक्षाले छाप्यो १ करोड ४२ लाख मतपत्र
निर्वाचनको तयारी तीव्र
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते १०:३०
काठमाडौं । आगामी निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्यलाई जनक शिक्षा सामग्री केन्द्रले तीव्रता दिएको छ ।
केन्द्रले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार हालसम्म कुल १ करोड ४२ लाख ८ हजार थान मतपत्र छपाइ भइसकेको छ । छपाइसँगै मतपत्र सुरक्षित राख्नका लागि प्याकिङ कार्य पनि धमाधम भइरहेको छ ।
निर्वाचनका लागि कुल २ करोड ८ लाख ३ हजार थान मतपत्र छाप्नुपर्ने जिम्मेवारी पाएको केन्द्रले पछिल्लो २४ घण्टामा मात्रै ११ लाख १६ हजार थान मतपत्र छापेको जनाएको छ ।
केन्द्रका अनुसार हालसम्म ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भइसकेको छ भने १ करोड ९८ हजारभन्दा बढी नमुना मतपत्र निर्वाचन आयोगमा पठाइसकिएको छ ।
Facebook Comments