जनताको अपेक्षा अनुसार राष्ट्रिय सभालाई अघि बढाइनेछ : अध्यक्ष दाहाल

User Image मेयरसाप डेस्क | २०८२ माघ ९ गते १४:१३
Image of https://mayorsap.com/storage/photos/shares/narayan-dahal.jpg

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभालाई कामकाजी र उपलब्धिमूलक बनाउन सबै राजनीतिक दलहरूको सक्रिय सहयोगका लागि आह्वान गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभाको १९औँ अधिवेशनको अवसरमा शुभकामना मन्तव्य दिँदै उनले सभालाई जनताको भावना र अपेक्षाअनुसार सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा बढाउन सांसदहरूले थप व्यवस्थित र प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । जनताका आवश्यकतालाई सम्बोधन गर्ने गरी कानुन निर्माणको कामलाई तीव्रता दिनु आफ्नो प्राथमिकता रहेको उनी बताउँछन् ।

‘राष्ट्रिय सभाले केवल कानुन निर्माण मात्र नभई सरकारका कामकारबाहीलाई जनमुखी बनाउन खबरदारी समेत गर्नुपर्छ,’ दाहालले भने । उनले अधिवेशनलाई सफल बनाउन सबै दलबाट आवश्यक सल्लाह र सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरे ।


Facebook Comments