Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बाजुरामा वर्षासँगै हिमपात, सवारीसाधन ठप्प

User Image गोविन्द तिमिल्सेना | २०८२ माघ ११ गते ०८:५०
Image of https://mayorsap.com/storage/photos/shares/himpat-bajura.jfif

बाजुरा । बाजुरामा वर्षासँगै हिमपात भएको छ। बाजुराको उच्च हिमाली तथा लेकाली भू–भागमा वर्षासँगै हिमपात भएको हो । शुक्रबार रतिदेखि बाजुराका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भू–भागमा यो वर्ष पहिलो पटक वर्षासँगै हिमपात भएको हो। 

हिमपातले जिल्लाका पर्यटकीयस्थल बडिमालिका, बूढीनन्दा, सुनन्दा, रानीसैन, कालाजग्रा, बडालेखल लगायत उच्च हिमाली तथा लेकाली क्षेत्र यतिबेला सेताम्मे बनेका छन् । वर्षासँगै बाक्लो हिमपात भएपछि अहिले यी स्थानमा चिसो बढ्दै गएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र बिरामीहरूलाई समस्या हुने देखिएको छ । बाजुराको पोरखेगढीमा भारी हिमपातका कारण मार्तडीदेखि पूर्वी उत्तरी भेगमा चल्ने सवारीसाधन ठप्प बनेका छन्।

यसैबीच वर्षासँगै हिउँ पर्न थालेपछि हिउँदे बालीमा राहत भएको छ । लामो समयको खडेरीले अधिकांश ठाउँमा किसानले लगाएको हिउँदे बाली गहुँ, जौ सुक्न थालेको थियो । वर्षाका कारण बालीको उत्पादनमा बृद्धि हुने विश्वास रहेको बाजुराको बडीमालिका ७ रजातोलीका स्थानीय हरिचन्द्र पाध्यायले बताए । 


Facebook Comments