बालेनको चुनावी अभियानमा अछाम पुगेका सिटौलाको निधन

आर्यघाटमा आजै दाहसंस्कार

User Image मेयरसाप डेस्क | २०८२ माघ १९ गते १३:४८
Image of https://mayorsap.com/storage/photos/shares/dinesh-sitaula.jpg

काठमाडौं । वरिष्ठ चलचित्र पत्रकार एवं चलचित्र पत्रकार संघ नेपालका पूर्वअध्यक्ष दिनेश सिटौलाको ४३ वर्षको उमेरमा असामयिक निधन भएको छ । 

ब्रेन ह्यामरेजबाट पीडित सिटौलाको उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा आज दिउँसो १२ः४५ बजे निधन भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानका क्रममा अछाम पुगेका सिटौला त्यहाँ अचानक बेहोस भएर ढलेका थिए । 

बेहोस भएर ढलेका उनलाई गत शुक्रबार नै थप उपचारका लागि काठमाडौं ल्याई भेन्टिलेटरमा राखिएको थियो ।

सयौँ नेपाली चलचित्रको प्रचारप्रसार (प्रमोसन) मा सक्रिय रहेका सिटौला चलचित्र पत्रकारिता क्षेत्रमा एक कुशल र अनुभवी व्यक्तित्वका रूपमा परिचित थिए ।

अविवाहित सिटौलाका बुबा, एक दिदी र दुई दाजुभाइ छन् ।


Facebook Comments