Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सहकारीको अनुगमन गर्दै काठमाडौं महानगर, यी विवरण उपलब्ध नगराए कारबाही गरिने

User Image मेयरसाप डेस्क | २०८२ माघ २० गते ०९:४३
Image of https://mayorsap.com/storage/photos/shares/mahanagar-kmc-2.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गर्ने भएको छ। महानगरको सहकारी विभागले आज सूचना जारी गर्दै सहकारी संस्थाहरूको अनुगमन/निरीक्षण गर्न लागिएको जनाएको हो। सबै सहकारी संस्थालाई निरीक्षण टोलीलाई सहजीकरण गर्न र माग भए बमोजिम आवश्यक सूचना उपलब्ध गराउन महानगरले आग्रह गरेको छ । सूचनाको अवज्ञा गरी कागजात तथा विवरण उपलब्ध नगराएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।


Facebook Comments