विराटनगरमा रास्वपा वरिष्ठ नेता शाहलाई भव्य स्वागत
समर्थकबाट घेरिए बालेन
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते १०:५९
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देश दौडाहामा निस्किएका छन् । यसै क्रममा आज बिहान विराटनगर आइपुगेका शाहलाई समर्थकहरूले भव्य स्वागत गर्दै घेरेका थिए ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका शाह आफ्ना उम्मेदवारहरूको पक्षमा माहोल बनाउन र मतदातासँग प्रत्यक्ष संवाद गर्न मोरङ पुगेका हुन् । विराटनगरमा भएको भेटघाटमा उनले स्थानीय समर्थकसँग चुनावी रणनीति र पार्टीको एजेन्डाबारे छलफल गरेका थिए ।
काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर रास्वपामा आबद्ध भएका शाह यसपटक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन् । उनी आफ्नो निर्वाचन क्षेत्रमा मात्र केन्द्रित नभई देशका विभिन्न भागमा पुगेर रास्वपाका उम्मेदवारहरूको पक्षमा जनलहर सिर्जना गर्न सक्रिय देखिएका छन् ।
Facebook Comments