मकवानपुर क्षेत्र–१ र २ को मतगणना आज बिहान १० बजेदेखि सुरु हुने
मेयरसाप डेस्क
|
२०८२ फागुन २२ गते ०८:१३
मकवानपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ को मतगणना आज बिहान १० बजेदेखि सुरु हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठकपछि मतगणनाको आवश्यक तयारी पूरा भएकाले निर्धारित समयमै गणना सुरु गरिने जनाएको छ।
हेटौँडास्थित तोकिएको मतगणना केन्द्रमा मतपेटिका संकलन, सुरक्षा व्यवस्थापन तथा गणनास्थलको तयारी सम्पन्न भइसकेको छ। मतगणनामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवारका प्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थितिमा प्रक्रिया अगाडि बढाइने छ। मतगणनाको नतिजा क्रमशः सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ।
Facebook Comments