काठमाडौं उपत्यकामा प्रारम्भिक मतगणनामा रास्वपाको प्रबल अग्रता
मेयरसाप डेस्क
|
२०८२ फागुन २२ गते ०८:२२
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना देशका केही क्षेत्र बाहेक अरु सबै क्षेत्रमा जारी छ। प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' का उम्मेदवारहरूले अग्रता लिएका छन्। काठमाडौँका १० र ललितपुर तथा भक्तपुरका दुई–दुई निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन्।
काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन, काठमाडौं ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन् ।
यसैगरी ललितपुर २ मा जगदिश खरेल र ३ मा तोसिमा कार्कीले अग्रता लिएका छन् । ललितपुर क्षेत्रनम्बर १ मा भने कांग्रेसका उदय शम्सेर राणाले अग्रता लिएका छन् ।
यस्तै भक्तपुरका दुईवटै क्षेत्रमा पनि रास्वपा उम्मेदवारहरु अगाडि छन् । नेमकिपाको गढ मानिने क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जित अगाडि छन् । नेमकिपाका प्रेम सुवालले उनलाई पछ्याइरहेका छन् । यसैगरी भक्तपुर क्षेत्र नम्बर २ मा राजिव खत्रीले अग्रता लिँदा एमाले उम्मेदवार महेश बस्नेत पछि परेका छन् ।
Facebook Comments