रुकुम पूर्वबाट प्रचण्ड विजयी

User Image मेयरसाप डेस्क | २०८२ फागुन २२ गते १९:१४
Image of https://mayorsap.com/storage/photos/shares/prachanda-in-rukum-purba.jpeg

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका छन् ।

नेकपाका संयोजकसमेत रहेका प्रचण्ड विजयी भएसँगै उक्त दलले जीतको खाता खोलेको छ ।

उनले ठूलो मतान्तरसहित रुकुम पूर्वबाट जीत हात पारेका हुन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० हजार २४० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लिलामणि गौतमले ३ हजार ४६२ भोट पाए ।

प्रचण्ड ६ हजार ७७८ मतसहित विजयी भएका हुन् ।


Facebook Comments