निर्वाचनः ६ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, तीन दलले खोले खाता, एमाले अहिलेसम्म शुन्य

User Image मेयरसाप डेस्क | २०८२ फागुन २२ गते १९:३१
Image of https://mayorsap.com/storage/photos/shares/kp-sharma-oli.jpg

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मतगणनामा हालसम्म ६ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार तीन फरक–फरक राजनीतिक दलले जित हासिल गरेका छन्।

घोषणा भएका परिणाममध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन क्षेत्रमा विजय हासिल गर्दै अग्रता देखाएको छ भने नेपाली कांग्रेसले दुई क्षेत्रमा जित निकालेको छ। त्यस्तै, नेकपाबाट एक उम्मेदवार विजयी भएका छन्। प्रमुख राजनीतिक दल नेकपा एमालेले भने हालसम्म कुनै पनि क्षेत्रमा खाता खोल्न सकेको छैन।

रास्वपाले काठमाडौँ–६, काठमाडौँ–८ र काठमाडौँ–१ मा विजय हासिल गरेको हो। काठमाडौँ–६ बाट शिशिर खनाल, काठमाडौँ–८ बाट विराजभक्त श्रेष्ठ तथा काठमाडौँ–१ बाट रन्जु न्यौपाने निर्वाचित भएका छन्।

यसैगरी, नेपाली कांग्रेसले मुस्ताङ र मनाङमा जित हात पारेको छ। मुस्ताङबाट योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उता, नेकपाबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट निर्वाचित भएका छन्। मतगणना अन्य निर्वाचन क्षेत्रमा भने अझै जारी रहेको छ।


Facebook Comments