गोरखा–१ मा मौसमका कारण मतगणनामा अबराेध

User Image मेयरसाप डेस्क | २०८२ फागुन २२ गते १९:५७
Image of https://mayorsap.com/storage/photos/shares/election-2082.png

काठमाडौं । गोरखा–१ मा खराब मौसमका कारण सबै मतपेटिका संकलन हुन नसक्दा मतगणना सुरु हुन सकेको छैन। उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकास्थित मतदान केन्द्रहरूबाट मतपेटिका जिल्ला सदरमुकाम ल्याउन ढिलाइ भएको हो।

चुमनुव्री गाउँपालिकामा रहेका २३ वटा मतदान केन्द्रमध्ये शुक्रबारसम्म ९ वटा केन्द्रका मतपेटिका मात्र जिल्ला सदरमुकाम ल्याइएको छ भने १४ वटा केन्द्रका मतपेटिका अझै संकलन हुन बाँकी रहेका छन्।

प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठका अनुसार शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका ढुवानी सुरु गरिएको थियो। तर, खराब मौसमका कारण सबै स्थानबाट मतपेटिका ल्याउन सम्भव नभएको उनले बताए।

नाम्रुङ, प्रोक र सिर्दिवासका मतदान केन्द्रबाट मतपेटिका अझै ल्याउन बाँकी रहेको जानकारी दिँदै प्रजिअ श्रेष्ठले मौसमका कारण थप उडान हुन नसकेको बताए।

उनका अनुसार मतपेटिका ल्याउन हेलिकप्टर स्ट्यान्डबाइ अवस्थामा राखिएको छ। मौसम अनुकूल भए भोलि (शनिबार) बिहानै बाँकी मतपेटिका जिल्ला सदरमुकाम ल्याइने र त्यसपछि मात्रै मतगणना सुरु गरिने छ।


Facebook Comments