सर्लाही–४ मा रास्वपाका अमरेशको अग्रता, झण्डै २ हजार मतले पछि परे गगन

User Image मेयरसाप डेस्क | २०८२ फागुन २२ गते २०:२६
Image of https://mayorsap.com/storage/photos/shares/gagan_1.png

सर्लाही । बिहीबार सम्पन्न प्रतिनिधिसभा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाइरहेका छन् । रास्वपाका उम्मेदवार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापा झण्डै २ हजार मतले पछि परेका छन्। 

अहिलेसम्म अमरेशले ४४९६ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको २५३० मत आएको छ। अमरेश र गगनबीच १९६६ मतान्तर छ। एमालेका उम्मेदवार अमनिशकुमार यादवको ६४३ मत आएको छ।


Facebook Comments