झापा–५ मा बालेनको फराकिलो अग्रता, ओली ११ हजार बढी मतले पछि
मेयरसाप डेस्क
|
२०८२ फागुन २२ गते २०:३४
झापा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता बनाएका छन्। शुक्रबार साँझ ८ बजेसम्म जारी मतगणनाअनुसार शाहले १५ हजार १६९ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी, पूर्वप्रधानमन्त्री तथा नेकपा 'एमाले' का अध्यक्ष केपी शर्मा ओलीले ३ हजार ३४४ मत पाएका छन्। हालसम्म शाह र ओलीबीच ११ हजार ८२५ मतान्तर रहेको छ। अहिले मतगणना जारी छ ।
Facebook Comments