झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च
मेयरसाप डेस्क
|
२०८२ फागुन २३ गते ०७:१९
काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'का उम्मेदवार बालेन्द्र शाहले ३२ हजार ३३६ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा शनिबार बिहान ६:३० सम्म भएको मतगणना रास्वपाका वरिष्ठ नेता समेत रहेका शाहले उक्त मत प्राप्त गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा 'एमाले'का उम्मेदवार केपी शर्मा ओलीले ८ हजार ५१८ मत प्राप्त गरेका छन् । उनी एमालेका अध्यक्ष समेत हुन् ।
Facebook Comments