बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीको अग्रता कायमै
मेयरसाप डेस्क
|
२०८२ फागुन २३ गते ०७:३३
बाजुरा । बाजुरामा हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाको मतगणना सकिएको छ । दुई पालिकाको मत गणना सम्पन्न हुँदा नेपाली कांग्रेसका जनक राज गिरीको अग्रता कायमै छ ।
सुरुवाती देखि नै अग्र स्थानमा रहेका गिरीले दुई पालिकाको मतगणना गर्दा सम्म ४ हजार १ सय १५ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लाल बहादुर थापाले २ हजार ७ सय ९ मत प्राप्त गरेर गिरीलाई पन्छ्याई रहेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाहले अहिलेसम्म जम्मा ३ सय १३ मत ल्याएका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले १ हजार ६४७ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्।अहिलेसम्म ९ हजार २ सय ५३ मत गणना भएको छ।
नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिस्पर्धी बनेका छन्। कांग्रेसका गिरी एमालेका थापा भन्दा १ हजार ४ सय ६ मतले अघि छन्।त्यस्तैगरि हलोले ८३, आँखाले ७६ गुलाफले ४३ र स्वतन्त्र चरोले ४ मत मात्रै प्राप्त गरेको छ ।
हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाको मतगणना सकिएको र बुढिगंगा नगरपालिकाबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४६ हजार २ सय ३२ मत खसको हो ।एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार रहेका छन् ।
Facebook Comments