श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ निर्वाचित

User Image मेयरसाप डेस्क | २०८२ फागुन २४ गते १३:५४
Image of https://mayorsap.com/storage/photos/shares/harka_1.jpg

 

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) सुनसरी १ बाट विजयी भएका छन् ।

धरानका पूर्वमेयरसमेत रहेका उनी ३५ हजार ७ सय ४१ मतसहित विजयी भएका हुन् । दोस्रो स्थानमा रास्वपाकी गोमा तामाङ रहिन् । उनले २७ हजार २ सय ४९ मत ल्याइन् ।

त्यस्तै एमाले उम्मेदवार टीकाराम लिम्बुले ६ हजार ४ सय ६३ मत प्राप्त गरे । त्यस्तै नेकपाका सूर्यबहादुर भट्टराईले ६ हजार १ सय ८५ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेस उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ९ सय ७० मत ल्याए । 


Facebook Comments