समानुपातिकको मतगणना जारी : ७५ लाख ७५ हजार १९३ गणनाहुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ प्राप्त

User Image मेयरसाप डेस्क | २०८२ फागुन २५ गते ०६:५९
Image of https://mayorsap.com/storage/photos/shares/election-m0orkclnny.jpg

काठमाडौं ।  प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ  ।

निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअनुसार आज विहान ५ ः ५० सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले  १२ लाख ३८ हजार ३८१, नेपाल कम्युनिष्ट पार्टी 'एमाले'ले १० लाख ४७ हजार ५१२, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ३८ हजार २७० , राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५८ हजार ६६६ र श्रम संस्कृति पार्टीले दुइ लाख ४० हजार ७६३,मत प्राप्त गरेको छ ।  मतगणना जारी छ । 


Facebook Comments