आइसीसी टि–२० विश्वकपको उपाधि भारतलाई

User Image मेयरसाप डेस्क | २०८२ फागुन २५ गते ०७:०१
Image of https://mayorsap.com/storage/photos/shares/india-cricket-world-cup-cricinfo.jpg

काठमाडौं । आइसीसी टि–२० विश्वकपको उपाधि भारतले जितेको छ । आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले विश्वकपको ट्रफी जित्न सफल भएको हो ।

भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डका टिम सिफर्ट बाहेक अन्य ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सिफर्टले २६ बलमा ५२ रन र कप्तान मिचेल सेन्टनरले ३५ बलमा ४३ रन बनाए ।

भारतका जसप्रित बुमराहले ४ विकेट लिए । चार ओभरमा बलिङ गरेका उनले मात्रै १५ रन मात्र खर्चिए । यस्तै अक्षर पटेलले ३ विकेट लिँदा वरुण चक्रवर्ती, हार्दिक पाण्ड्या र अभिषेक शर्माले एकएक विकेट लिए ।

योसँगै भारतले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । यसअघि २०२४ मा पनि भारतले विश्वकपको उपाधि जितेको थियो ।


Facebook Comments