हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी

User Image मेयरसाप डेस्क | २०८२ फागुन २८ गते ०७:०४
Image of https://mayorsap.com/storage/photos/shares/photo-f350453d.jpg

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग 'एचजेएनबीएल' २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन् ।

नेपाल बास्केटबल संघ 'नेबा' को आयोजनामा भइरहेको लिगमा कीर्तिपुरले रोएल्सलाई ८१-६१ ले हरायो । मूर्तिपुरले २०-१५, २०-१३, १८-१९, २३-१४ को प्रदर्शन गरेको थियो । कीर्तिपुरका प्रशान्त महर्जनले १३ अङ्क स्कोर गरे । उनी एमभिपी घोषित भए ।

यस्तै, बुधबारको दोस्रो खेलमा सोलो बास्केटबलले प्ले बक्स एरेनालाई प्रतिस्पर्धात्मक खेलमा ६८-६५ ले हरायो । तीन क्वाटरमा पछि परे पनि सोलोले तेस्रो क्वाटरमा बनाएको २६(१४ को अग्रता नै जितमा निर्णायक बन्यो ।

प्लेबक्सले पहिलो, दोस्रो र चौथो क्वाटर क्रमशस् १५-११, २०-१९ र १६-१२ आफ्नो पक्षमा पारे पनि जितलाई पर्याप्त भएन । सोलोका प्रगुण महर्जनले ३० अङ्क स्कोर गरे । उनी एमभिपी घोषित भए ।


Facebook Comments