हेटौँडामा एजी एक्सप्रेसको नयाँ शाखा सञ्चालनमा, मकवानपुरका उत्पादन विदेशसम्म पुर्याउने सुविधा

User Image मेयरसाप डेस्क | २०८२ फागुन २८ गते ०८:५६
Image of https://mayorsap.com/storage/photos/shares/pasal.jpeg

हेटौँडा । अन्तर्राष्ट्रिय डेलिभरी र कुरियर सेवा प्रदायक एजी एक्सप्रेसले हेटौँडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। आजको उद्घाटन कार्यक्रम पूर्व प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले गरेका हुन्।

उद्घाटन अवसरमा सिंहले मकवानपुरका घरेलु उद्योग तथा महिला उद्यमीहरूले उत्पादन विदेशसम्म पुर्याउन सजिलो माध्यम प्राप्त गर्ने बताए। उनले महिलाहरूले वडा समूहमार्फत गुणस्तरीय उत्पादन तयार गरी झन्झटबिना विदेश पठाउन सक्ने पनि उल्लेख गरे।

कम्पनीका ग्लोबल सीईओ तथा अध्यक्ष तुलसी उप्रेतीले हेटौँडा शाखामार्फत मकवानपुर र आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराइने जानकारी दिए। हेटौँडा शाखा कम्पनीको १६औँ शाखा भएको र एजी एक्सप्रेस हङकङबाट सुरु भएर विश्वभर विस्तार हुँदै गएको उनले बताए।

एजी एक्सप्रेसले नेपाली तथा प्रवासी नेपाली समुदायलाई लक्षित गर्दै हस्तकला, निप्पर, मसला, लत्ताकपडा र खाद्यान्न उत्पादन विदेशमा रहेका नेपालीसम्म पुर्याउने उद्देश्य राखेको छ।

कार्यक्रममा वडाध्यक्ष नविन सिग्देल, कुरियर संघ नेपाल बागमती प्रदेश अध्यक्ष रामप्रसाद पुडासैनी, कर्मचारी र सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको थियो।


Facebook Comments