सानेपामा आज कांग्रेस कार्यसम्पादन समिति बैठक, समानुपातिक सांसद चयनबारे निर्णय हुने
मेयरसाप डेस्क
|
२०८२ फागुन ३१ गते ०७:३५
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि नेपाली कांग्रेसले आज पहिलोपटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक समानुपातिक सूचीका उम्मेदवारहरूबाट दलले प्राप्त सिटको आधारमा प्रतिनिधिसभा सदस्य चयन गर्ने एजेन्डासहित आज दिउँसो १ बजे सानेपस्थित पार्टी कार्यालयमा बस्नेछ।
कांग्रेसले चैतको पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरिरहेको छ। गत फागुन २१ गते भएको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।
Facebook Comments