पेट्रोल, डिजेल र एलपी ग्यासमा फेरि मूल्य वृद्धि

User Image मेयरसाप डेस्क | २०८२ फागुन ३२ गते ०७:२५
Image of https://mayorsap.com/storage/photos/shares/petrol1.jpg

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबावलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ ।

निगमका अनुसार नयाँ मूल्य आजै देखि लागू हुने गरी समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रति लिटर रु ३१, डिजेलमा प्रति लिटर रु ५४ तथा खाना पकाउने एलपी ग्यासमा रु २१६ वृद्धि गरिएको छ ।

सो मूल्य वृद्धि भएसँगै अब पेट्रोल प्रति लिटर रु १८८, डिजेल रु १९६ र एलपी ग्यास प्रति सिलिन्डर रु दुई हजार १२६ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्य सूची अनुसार नेपालमा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।


Facebook Comments