सर्लाहीबाट ११ हजार विद्यार्थीले एसईई दिँदै

User Image मेयरसाप डेस्क | २०८२ चैत ३ गते ०७:५७
Image of https://mayorsap.com/storage/photos/shares/exam.jpg

सर्लाही । सर्लाहीबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा 'एसईई' मा करिब ११ हजार विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाबाट कुल ११ हजार ३७१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाले जनाएको छ ।

इकाईका अनुसार नियमिततर्फ १० हजार २८५ र ग्रेड वृद्धितर्फ १ हजार ८६ जना परीक्षार्थी एसइईमा सहभागी हुनेछन्। यस वर्ष सर्लाहीमा ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । विद्यार्थीलाई सहज हुने गरी पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।

प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीका लागि भने जिल्ला सदरमुकाम मलङ्गवास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सर्लाहीमा प्राविधिक धारतर्फ नियमित परीक्षा दिने ३३१ जना र ग्रेड वृद्धितर्फ १६ जना परीक्षार्थी रहेको जनाइएको छ ।


Facebook Comments