बाजुराको स्वामिकार्तिकमा कृषि जैविक विविधता मेला, रैथाने बालीनालीको उत्पादनमा जोड
मेयरसाप डेस्क
|
२०८२ चैत ४ गते ०९:०९
बाजुरा । बाजुराको कर्णाली पारीको एकमात्र स्थानीय तह स्वामिकार्तिक खापर गाउँपालिकामा कृषि जैविक विविधता मेला भव्य रुपमा सम्पन्न भएको छ। सोही पालिकाको ४ देउरामा बुधबार कृषि जैविक विविधता मेला भव्य रुपमा सम्पन्न भएको हो।
“कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला–२०८२” स्थानीय बालीको संरक्षण, प्रवर्द्धन र बजारीकरणलाई मुख्य लक्ष्य बनाउँदै सम्पन्न भएको गाउँपालिका कृषि शाखाले जनाएको छ।
गाउँपालिकाको आयोजना तथा वीइआरएएस ( RERAS ) परियोजनाको सह–आयोजनामा सञ्चालन गरिएको कृषि मेला प्रर्दशनी कार्यक्रमले अग्रानीक बस्तुहरुको उत्पादन,प्रशोधन र बजारिकरणमा सहज पुर्याउने भएको छ।उक्त कार्यक्रमले कृषकहरुलाई प्रोत्साहन मिल्नुका साथै स्थानीय उत्पादनको पहिचानमा समेत टेवा पुग्ने विश्वास लगिएको छ।

मेलामा कृषकहरुले उत्पादन गरेका अर्गानिक रैथानेबाली,विभिन्न विउविजन,परम्परागत खाद्य परिकार,निगालोबाट बनेका सर(सामाग्री लगायतको प्रर्दशनी गरिएको थियो। विभिन्न स्टलमा फरक-फरक किसिमका खाद्य बालीनालीहरु राखिएका थिए।
कृषि मेला कार्यक्रमले पालिकामा सक्रिय रुपमा कृषि व्यवसाय गरिरहेका कृषहरुलाई राहत र प्रोत्साहन मिलेको कृषि शाखा प्रमुख बिनोद शाहीले बताए।उनका अनुसार,यस्ता कार्यक्रमले कृषकहरुको मनोबल बढ्ने र उनीहरु थप कृषि खेति तर्फ आकर्षित हुने अपेक्षा रहेको जानकारी दिए।
कार्यक्रममा महिला देउडा,नृत्य सहित विविध सांस्कृतिक प्रस्तुति समेत राखिएका थिए। उत्कृष्ट खाद्यवाली प्रदर्शनी गर्ने कृषकहरूलाई नगद सहित प्रमाण पत्रले सम्मानित समेत गरिएको थियो।कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष सुलोचना कुमारी भण्डारी बुढाले पालिकामा कृषि उपज बस्तुहरुको उत्पादनमा जोड दिई गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाईने बताईन्।

उनले पालिकाका कृषकहरुलाई विभिन्न समयमा कृषि सम्बन्धी तालिम,विभिन्न विउविजन र सफल कृषकलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिदैँ आएको बताईन्।पालिकाले कृषि क्षेत्रको लगानीमा बजेट विनियोजन समेत गर्दै आएको बताएकी हुन्।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुलोचना कुमारी भण्डारी बुढा, विभिन्न वडाका वडाअध्यक्ष,पालिकामा कार्यरत कर्मचारी,विभिन्न शाखाका साशाका प्रमुख, बुढिनन्दा, जगन्नाथ तथा हिमाली गाउँपालिकाका कृषि शाखा प्रमुखहरू,राष्ट्रिय कृषि आधुनिकिकरण स्याउ तथा ओखर जोन पिलुचौर कार्यालय प्रमुख शेर बहादुर केशी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि,कृषक लगायत पत्रकारको सहभागीता रहेको थियो।
Facebook Comments