कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने

User Image मेयरसाप डेस्क | २०८२ चैत ४ गते ०९:४२
Image of https://mayorsap.com/storage/photos/shares/bishwo-1772187757.jpg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने भएको छ। बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्नेछन्।

बैठकको मुख्य एजेन्डामा सभापति गगनकुमार थापाले दिएको राजीनामा सम्बन्धी जानकारी पेस गर्नु पर्ने विषय समावेश छ। साथै, पार्टीले निर्वाचनमा भोगेको पराजयको प्रारम्भिक विवरण पनि बैठकमा पेश गर्ने तयारी गरेको छ।

पार्टीका तल्लो तहबाट विवरण अझै प्राप्त हुन बाँकी रहेकोले उपसभापति शर्माले पराजयको प्रारम्भिक कारण बैठकलाई जानकारी दिने बताइएको छ। केन्द्रीय कार्यालयले सबै क्षेत्रलाई निर्वाचनमा पराजय र निर्वाचित दुवै पक्षका कारण खुलाएर पत्र पठाउन निर्देशन दिएको छ।

पार्टी स्रोतका अनुसार, बैठक मुख्य रूपमा सभापति थापाको राजीनामामा केन्द्रित हुनेछ। उपसभापति शर्माले बैठकमा व्यक्तिगत कारण होइन, विशेष महाधिवेशनबाट आएको नेतृत्व छोटो समयको तयारीमा चुनावमा होमिनु मुख्य कारण भएको भन्दै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव अघि सार्ने तयारीमा रहेको जनाइएको छ।


Facebook Comments