ओलीको पक्राउविरुद्ध एमालेले देशैभर प्रदर्शन गर्ने

User Image मेयरसाप डेस्क | २०८२ चैत १३ गते ११:४०
Image of https://mayorsap.com/storage/photos/shares/uml-meeting-befor-kp-arrest.jpg

काठमाडौँ– शनिबार एकाबिहानै पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध एमालेले देशभर प्रदर्शन गर्ने भएको छ।

ओली पक्राउपछि पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो। एमाले सचिव महेश बस्नेतकाअनुसार आज आपराह्न ३ बज प्रत्येक जिल्लाका सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय भएको छ।

यस्तै भोलि आइतबार प्रत्येक जिल्लामा १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने निर्णय भएको बस्नेतले जानकारी गराएका छन्।

आकस्मिकरुपमा बसेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ।

यस्तो छ निर्णय:

१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।

२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।

३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।

४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।


Facebook Comments