शिक्षण अस्पतालको '५०१ नम्बर' बेडमा केपी ओली
मेयरसाप डेस्क
|
२०८२ चैत १३ गते १२:५२
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) काे बेड नम्बर ५०१ मा भर्ना गरिएकाे छ । उनलाई ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।
आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई शिक्षण अस्पताल लगिएको थियो । शिक्षण अस्पताल स्रोतका अनुसार सुरूमा उनलाई अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको थियो ।
त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो । मुटु सम्बन्धी डाक्टरले पनि उनको जाँच गरेका थिए ।
रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि ओलीलाई अहिले एनेक्स वानको ५०१ नम्बर बेडमा भर्ना गरिएको छ । यो बेड मिर्गौलाका बिरामी राख्ने बेड हो ।
ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । उनको दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएको छ । जेनजी आन्दोलनमा ज्यान मारेको कसुरमा ओलीलाई आज बिहानै गुण्डुस्थित निवासबाटै पक्राउ गरिएको थियो ।
Facebook Comments