‘प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिमा ताली पिट्ने सांसद को हुन् ?’

User Image मेयरसाप डेस्क | २०८३ जेठ २५ गते १२:४५
Image of https://mayorsap.com/storage/photos/shares/ain-mahar2026-05-31-02-47-25.jpeg

काठमाडौं । नेकपा एमालेले नेपालले भारतको जमिन मिचेको भनेर प्रधानमन्त्री बालेन शाहले भन्दा ताली पड्काउने सांसद को–को हुन भन्ने प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो प्रश्न गरेका हुन् ।

सदनमा बोल्दै महरले जेठ १७ गते प्रधानमन्त्रीले संसदमा आएर दिएको अभिव्यक्तिले दुईवटा गम्भीर प्रश्न सिर्जना गरेको बताए।

जनताले विश्वासका साथ आफूहरूलाई संसदमा पठाएको उल्लेख गर्दै उनले अहिले जनताले संसद् र सांसदहरूमाथि नै गम्भीर प्रश्न उठाइरहेको बताए।

उनले विश्वका कुनै पनि सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले राष्ट्रहितविपरीत र देशद्रोही ठानिने अभिव्यक्ति दिँदा त्यसमा ताली बजाउने सांसद को हुन् भन्ने प्रश्न जनस्तरबाट उठिरहेको दाबी गरे। यस्तो अवस्थाले आफूहरूलाई दुःखी, गम्भीर र लज्जित बनाएको उनको भनाइ थियो।

महरले सरकारका पछिल्ला क्रियाकलाप र गतिविधिहरू सामान्य नरहेको टिप्पणी गर्दै संसद् र सरकार दुवैले जनताको विश्वास जोगाउने गरी जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने आवश्यकता औँल्याए।


Facebook Comments