हर्क भन्छन्– देशलाई माया गरेकै कारण गाली खाइरहेको छु

मलाई कहाँ मिलाउने ?

User Image मेयरसाप डेस्क | २०८३ जेठ २७ गते १७:२०
Image of https://mayorsap.com/storage/photos/shares/photo-23-1e7b4705.jpg

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको प्रेमकै कारण आफू निरन्तर गाली र अपमानको शिकार भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका साक्षात्कार कार्यक्रममा बोल्दै उनले अहिले संसारमै सबैभन्दा बढी गाली र अपमान सहने व्यक्ति आफू भएको महसुस भएको बताए । 

देशलाई अत्यधिक माया गर्ने भएकैले यस्तो अवस्था आएको उनको भनाइ थियो । साम्पाङले देश सम्झेर आफू धेरैपटक रोएको र हाँसेको उल्लेख गर्दै देशलाई कहिल्यै बिर्सेर बाँच्न नचाहने बताए । आफूलाई माटोमा मिलाइदिने धम्की दिनेहरूलाई लक्षित गर्दै उनले भने, “मलाई कहाँ मिलाउने ? म आफैं माटो हुँ ।”

धरान उपमहानगरपालिकाको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेको स्मरण गर्दै उनले अहिले त्यो संख्या बढेर दैनिक १० हजार पुगेको दाबी गरे । गाली गर्नेहरूलाई सम्मान गर्दै उनले आफू आफ्नो बाटोमा निरन्तर अघि बढ्ने र अन्ततः जित आफ्नै हुने विश्वास व्यक्त गरे ।


Facebook Comments