‘एक व्यक्ति, एक पद’ लागू नगर्न रास्वपा सांसदको माग

विचार र बहसबाट नेतृत्व

User Image मेयरसाप डेस्क | २०८३ जेठ २७ गते १७:२८
Image of https://mayorsap.com/storage/photos/shares/achyutam-lamichhane-gvvt8pwmju.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद तथा बागमती प्रदेश सभापतिका उम्मेदवार डा. अच्युतम लामिछानेले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’को व्यवस्था लागू गर्न नहुने बताएका छन् ।

शनिबार बागमती प्रदेश अधिवेशनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो व्यवस्था लागू भए सक्रिय नेता–कार्यकर्ता र निर्वाचित प्रतिनिधिहरूको राजनीतिक अवसर सीमित हुने तर्क गरे ।

पार्टी संगठन नै नेतृत्व विकास गर्ने आधार भएकाले पदहरूलाई राजनीतिक यात्राको भर्याङका रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

उनले आफू पाँच वर्षका लागि मात्र सांसद बन्न राजनीतिमा नआएको उल्लेख गर्दै पार्टीभित्र विचार र बहसबाट नेतृत्व विकास हुने बताए ।

रास्वपामा सांसदलाई प्रदेश सभापति बन्न रोक्ने विषयमा विवाद भएपछि यसअघि बागमती प्रदेश अधिवेशन स्थगित भएको थियो । हाल जारी अधिवेशनमा बागमती प्रदेश सभापतिका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री प्रतिस्पर्धामा छन् ।


Facebook Comments