विश्वकपमा स्कटल्यान्डको धमाकेदार पुनरागमन, ३६ वर्षपछि पहिलो जित

समूह 'सी'मा शीर्ष स्थान कब्जा, यसरी रच्यो इतिहास

User Image मेयरसाप डेस्क | २०८३ जेठ २८ गते १३:०१
Image of https://mayorsap.com/storage/photos/shares/1781406357-fifa-1200x560.jpg

काठमाडौं । २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डले फिफा विश्वकप–२०२६ मा सुखद सुरुवात गर्दै पहिलो खेलमै जित हासिल गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीलाई एक–शून्यले ले पराजित गरेको हो ।

स्कटल्यान्डको जितमा जोन म्याकगिन नायक बने। उनले खेलको २९औं मिनेटमा गरेको निर्णायक गोल नै खेलको एक मात्र गोल रह्यो ।

खेलमा दुवै टोलीले बराबरी बल पोसेसन राखे पनि स्कटल्यान्डले अवसरलाई सदुपयोग गर्दै महत्वपूर्ण जित निकाल्यो भने हाइटी गोल गर्न असफल रह्यो ।

यो जितसँगै स्कटल्यान्डले ३ अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । सोही समूहमा ब्राजिल र मोरक्कोले बराबरी खेल्दै एक–एक अंक बाँडेका छन् भने हाइटी अंकविहीन बनेको छ ।

स्कटल्यान्डका लागि यो जित ऐतिहासिक पनि हो । सन् १९९८ पछि विश्वकपमा पुनरागमन गरेको टोलीले ३६ वर्षपछि विश्वकपमा पहिलो जित दर्ता गरेको हो। यसअघि अन्तिम जित सन् १९९० मा स्वीडेनविरुद्ध २–१ को स्कोरमा आएको थियो ।
यसअघि आजै सम्पन्न खेलहरूमा कतार–स्विट्जरल्यान्ड तथा मोरक्को–ब्राजिलले १–१ को बराबरी खेलेका थिए।


Facebook Comments