जेन–जी आन्दोलनका युवामाथि लगाइएका मुद्दा खारेज गर्न माग

User Image मेयरसाप डेस्क | २०८३ जेठ २९ गते १७:२८
Image of https://mayorsap.com/storage/photos/shares/photo-1-00d6e705.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद रचना खतिवडाले जेनजी आन्दोलनमा सहभागी युवामाथि लगाइएका कथित झुटा मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन् ।

सोमबार प्रतिनिधिसभामा बोल्दै उनले वर्तमान सरकार जेनजी आन्दोलनका सहिद र घाइतेहरूको संघर्षबाट बनेको दाबी गर्दै अहिले त्यही आन्दोलनमा सहभागी युवाहरूलाई पक्राउ पुर्जी जारी गरी फसाउने प्रयास भइरहेको आरोप लगाइन् ।

उनले विशेषगरी काभ्रेको पनौतीमा नयाँ एसपी आएपछि यस्ता गतिविधि बढेको गुनासो आएको उल्लेख गर्दै सरकारले झुटा मुद्दा खारेज गर्ने प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । साथै, युवाको त्याग र समर्थनबिनाको राजनीतिक स्थायित्व सम्भव नहुने उनको भनाइ थियो ।


Facebook Comments