एकैदिन साढे १० हजारले घट्यो सुनको मूल्य

User Image मेयरसाप डेस्क | २०८३ असार २ गते ११:४२
Image of https://mayorsap.com/storage/photos/shares/gold_3.jpg

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका आनुसार आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेको छ ।

छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुन मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  

यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ४ हजार ६४० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मल्य ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।


Facebook Comments