सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

User Image मेयरसाप डेस्क | २०८३ असार ५ गते १८:४९
Image of https://mayorsap.com/storage/photos/shares/images_1.jfif

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ।

प्रहरी स्रोतका अनुसार उनी पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला नियन्त्रणमा परेका हुन्। पक्राउपछि उनलाई प्रारम्भिक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

स्रोतका अनुसार पौडेलमाथि हालसम्म गरेको सेयर कारोबार र सम्पत्तिको स्रोतबारे अनुसन्धान अघि बढाइएको छ। सोही सिलसिलामा सम्पत्ति शुद्धीकरणसम्बन्धी निकायले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ।

पक्राउका बेला एमाले देशभर पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ। पौडेल पनि सोही अभियानअन्तर्गतको कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका थिए।

यद्यपि, सम्बन्धित निकायले अनुसन्धान जारी रहेकाले घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। अनुसन्धानपछि थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।


Facebook Comments