आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

User Image मेयरसाप डेस्क | २०८३ असार ७ गते १३:२०
Image of https://mayorsap.com/storage/photos/shares/gold-sun-chadi_1.jpg

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको पनि मूल्य आज घटेको छ । आज चाँदीको मूल्य ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो । 


Facebook Comments