सम्झौतामा हस्ताक्षर हुनुअघि नै भंग भयो अमेरिका–इरान युद्धविराम
मेयरसाप डेस्क
|
२०८३ असार १० गते ११:२८
काठमाडौं । अमेरिका र इरानबीच अन्तिम युद्धविराम सम्झौतामा हस्ताक्षरको तयारी भइरहेका बेला अमेरिकाले दक्षिणी इरानमा हवाई आक्रमण गरेको छ।
स्ट्रेट अफ होर्मुजमा एउटा कार्गो पानी जहाजमाथि आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्धविरामको ‘मूर्खतापूर्ण उल्लंघन’ गरेको आरोप लगाएलगत्तै अमेरिकाले यो कदम चालेको हो ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार, हर्मुज जलमार्गमा एक मालवाहक जहाजमाथि बिहीबार इरानी ड्रोन आक्रमण भएको थियो। घटनाको जवाफस्वरूप अमेरिकी सेनाले शुक्रबार इरानका क्षेप्यास्त्र र ड्रोन भण्डारण स्थल तथा तटीय रडार केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ। अमेरिकाले यो कारबाही युद्धविराम उल्लंघनको जवाफ भएको दाबी गरेको छ।
उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले भने यसको दोष अमेरिका र इजरायललाई दिएको छ । इरानको आईआरजीसीले चेतावनी दिएको छ—यदि अमेरिकाले फेरि आक्रमण ग¥यो भने, इरानको प्रतिक्रिया अझ ठूलो हुनेछ।
जलमार्ग पार गर्ने व्यापारिक पानी जहाजहरूलाई सुरक्षित मार्गको समन्वय र सहयोग प्रदान गर्न अमेरिकी सेनाले निरन्तरता दिने पनि सेन्टकमले जनाएको छ । यद्यपि, अमेरिकी आक्रमणहरू एकपटक मात्रै गरिएको हो वा यो निरन्तर हुने ठूलो कारबाहीको हिस्सा हो भन्ने अझै स्पष्ट छैन ।
अमेरिका र इरानबिच जुन १७ मा १४ बुँदे समझदारीपत्रमार्फत शत्रुता अन्त्य गर्ने सहमति भएको थियो । सहमतिको १० दिनपनि नहुँदै अमेरिका इरानले समझदारी तोडेर फेरि युद्धको सुरुवात गरेका छन् ।
Facebook Comments