अमेरिका गएर सुत्केरी हुन प्रतिबन्ध, अब अमेरिकामा जन्मिँदैमा नागरिकता पनि नपाइने

यस्तो छ विश्व हल्लाउने ट्रम्पको २ कार्यकारी निर्देशन

User Image मेयरसाप डेस्क | २०८३ साउन २२ गते १४:११
Image of https://mayorsap.com/storage/photos/shares/trump_2.jpg

अब अमेरिकामा जन्मिएका सबै शिशुले स्वतः अमेरिकी नागरिकता नपाउने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्न दुई नयाँ कार्यकारी आदेश जारी गर्दै ’बर्थ टुरिजम’माथि पनि कडाइ गरेका छन्।

नयाँ व्यवस्थाअनुसार दुवै अभिभावक अमेरिकी नागरिक नभएको अवस्थामा, यदि उनीहरू विदेशी आतंकवादी समूहसँग आबद्ध, विदेशी सरकारका कर्मचारी वा कानुनअनुसार स्वतः नागरिकता नपाउने वर्गमा परे, त्यस्ता व्यक्तिका सन्तानले अमेरिकी नागरिकता नपाउने भएका छन् ।

यति मात्र होइन, बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले पर्यटकका रूपमा अमेरिका पुगेर सुत्केरी हुने ’बर्थ टुरिजम’ पनि अब रोकिने भएको छ। ह्वाइट हाउसबाट आदेश सार्वजनिक गर्दै ट्रम्पले यस्तो कदम धेरैअघि नै चालिनुपर्ने बताएका छन्।

ट्रम्प प्रशासनले रुस र चीनका केही नागरिकले अमेरिकी नागरिकताको व्यवस्थाको दुरुपयोग गरिरहेको दाबी गरेको छ। अनुसन्धान संस्था माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार ’बर्थ टुरिजम’बाट हुने जन्म वार्षिक २२ हजारदेखि २६ हजारको हाराहारीमा छ।

यसअघि ट्रम्पको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने आदेश अमेरिकी सर्वोच्च अदालतले रोकेको थियो। अब नयाँ आदेश पनि कानुनी चुनौतीमा पर्ने सम्भावना रहेको भन्दै कानुनविदहरूले संविधानसँग बाझिन सक्ने चेतावनी दिएका छन्।


Facebook Comments