ग्यासको हाहाकार बढेपछि निगम आफैं उत्रियो फिल्डमा, आज पनि काठमाडौंका यी ७ स्थानबाट बाँड्दै

कुन ठाउँमा कुन ग्यास पाइन्छ? यस्तो छ सूची, ग्यास लिन जाँदा यी डकुमेन्ट भने अनिवार्य चाहिने

User Image मेयरसाप डेस्क | २०८३ साउन ३१ गते १२:१८
Image of https://mayorsap.com/storage/photos/shares/gass1.png

खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला उपभोक्तालाई राहत दिन आज पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ग्यास सिलिण्डर बिक्रवितरण हुँदैछ ।

नेपाल आयल निगमका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म काठमाडौंका ७ स्थानबाट ग्यास बिक्री गरिने भएको हो । 
निगका अनुसार आज टेकुस्थित निगमको परिसर, पशु सेवा शाखा चपली बूढानीलकण्ठ, राधास्वामी कीर्तिपुर परिसर, नयाँ बजारस्थित जुडो हल परिसर, तारकेश्वर नगरपालिकाको परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुरबाट ग्यास बिक्री गरिनेछ ।

निगमको परिसरमा नेपाल, एचपी, एभरेस्ट–सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास सिलिण्डर बिक्री हुनेछन्। बूढानीलकण्ठमा नेपाल, एचपी र भानु ग्यास उपलब्ध हुनेछ। कीर्तिपुरमा नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास पाइनेछ।

नयाँ बजारमा नेपाल, एचपी र ओम ग्यास बिक्रीको व्यवस्था गरिएको छ। तारकेश्वर नगरपालिमा नेपाल र एचपी ब्रान्डका ग्यास सिलिण्डर बिक्री हुनेछन्।

चन्द्रागिरि नगरपालिकामा लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास उपलब्ध हुने छ।

र सातौँ स्थान क्षयरोग केन्द्र परिसरमा नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट–सुगम र एसटीसी ब्रान्डका ग्यास सिलिण्डर बिक्री गरिनेछ।
निगमले ग्यास अत्यावश्यक भएका उपभोक्तालाई मात्र तोकिएका बिक्री केन्द्रबाट ग्यास सिलिण्डर खरिद गर्न आग्रह गरेको छ । खरिदका लागि उपभोक्ताले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य लैजानुपर्ने छ ।

यसअघि शनिबार काठमाडौंका चार स्थानबाट विभिन्न कम्पनीका करिब ६ हजार ग्यास सिलिण्डर बिक्री गरिएको थियो। करिब ९० वटा गाडीमार्फत ग्यास बिक्री गरिएको निगमले जनाएको छ।


Facebook Comments