संसदमा उपस्थित हुन र सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
मेयरसाप डेस्क
|
२०८३ भदौ ०१ गते १३:३९
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन प्रधानमन्त्रीलाई रूलिङ गरेका छन्।
आजको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै सभामुख अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर सांसदहरूका प्रश्नमा जबाफ दिन रूलिङ गरेका हुन्।
प्रतिनिधि सभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्नमा जबाफ दिनुपर्ने व्यवस्था छ। तर, बालेन सरकार बनेपछि प्रतिनिधिसभाको क्यालेन्डरबाट भने उक्त व्यवस्थाअनुसार प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची हटाइएको छ ।
Facebook Comments