कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च पुगे शेरबहादुर देउवा र पूर्णबहादुर खड्का

User Image मेयरसाप डेस्क | २०८३ भदौ ०५ गते १४:०५
Image of https://mayorsap.com/storage/photos/shares/sarbocha-1-1_2.jpg

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का  १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । 

संस्थापन पक्षले एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको विरोधमा देउवा र खड्काले सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।

रिट दर्ताका लागि देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवण कुमार सर्वोच्च पुगिसकेका छन् । नेपाली कांग्रेसको इतर समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले रिट सर्वोच्चमा पुगिसकेको जानकारी दिए । 

निवेदनमा नेपाली कांग्रेसको महाधिवेशनसम्बन्धी हालै सार्वजनिक गरिएको प्रक्रिया र कार्यतालिका रोक्न ‘उत्प्रेषणको आदेश’ माग गरिएको छ । संस्थापन पक्षले भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका एकपक्षीय रूपमा सार्वजनिक गरिएको आरोप देउवा र नेता डा.शेखर कोइराला समूहले लगाउँदै आएको छ । 

 


Facebook Comments