रास्वपाका सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित

User Image मेयरसाप डेस्क | २०८३ भदौ ०७ गते १३:५९
Image of https://mayorsap.com/storage/photos/shares/rabi-lamichane.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । सेप्टेम्बर दोस्रो साताका लागि सारिएको भ्रमण हाललाई स्थगित भएको हो । 

लामिछाने नजाने भएपछि अब सांसदहरुको टोली मात्र चीन जाने भएको छ ।

भारत भ्रमणपछि सभापति लामिछानेले चीन भ्रमण गर्ने तय भएको थियो । अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछि सारिएको थियो । सरकारी स्रोतका अनुसार लामिछानेले अर्को उपयुक्त मितिमा चीन भ्रमण गर्नेछन् । तर त्यसको मिति हाल तय छैन ।


Facebook Comments