कर्माचार्यको जन्म शताब्दीको अवसरमा बिरामीलाई फलफूल वितरण

प्रतिष्ठानका अध्यक्ष मण्डलले नेपालमा कम्यूनिस्ट पार्टीको स्थापना तथा प्रजातन्त्र ल्याउन कर्माचार्यले खेलको भुमिका र गरेको योगदानको स्मरण गर्दै फलफुल वितरण लगायतका विभिन्न कार्यक्रम गरी जन्म शताब्दी मनाएको बताए ।

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1730337874.jpg

राजविराज
कार्तिक १५ गते,
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड नर बहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा बुधवार  उनको राजनीतिक योगदानको सम्झनामा गजेन्द्र नारायण सिंह अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरी मनाइएको छ ।

 

यस अवसरमा नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सप्तरी शाखाले बुधवार ने.क.पा (माओवादी केन्द्र)सप्तरीको समन्वयमा  गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्ष,सर्जिकल विभाग,पोषण गृह लगायत विभिन्न कक्षमा उपचारका लागी भर्ना भएका २ सय ८ जना विरामीहरुलाई फलफुल  वितरण गरेका छन् ।
 

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष ध्रुव कुमार मण्डल,ने.क.पा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य अशोक कुमार मण्डल ,जिल्ला इन्र्चाज सुर्यनाथ यादव ,प्रदेश सभा सदस्य माला कुमारी कर्ण,पूर्व प्रमुख निर्वाचन आयुक्त डा.अयोधि प्रसाद यादव,मधेश प्रदेशका पूर्व राज्यमन्त्री रुवी कर्ण,अखिल नेपाल ट्रेड युनियन महासंघ मधेश प्रदेशका अध्यक्ष केदार देव,मो.कमलाउदीनका साथै प्रतिष्ठानका पदाधिकारी तथा ने.क.पा (माओवादी केन्द्र)का नेताको उल्लेख्य संख्यामा सहभागी थिए ।
प्रतिष्ठानका अध्यक्ष मण्डलले नेपालमा कम्यूनिस्ट पार्टीको स्थापना तथा प्रजातन्त्र ल्याउन कर्माचार्यले खेलको भुमिका र गरेको योगदानको स्मरण गर्दै फलफुल वितरण लगायतका विभिन्न कार्यक्रम गरी जन्म शताब्दी मनाएको बताए ।
" नेपाल कम्युनिस्ट पार्टीका संस्थापक मध्येका एक कमरेड नर बहादुर कमर्माचार्यको विचार र चिन्तन अहिले पनि उत्तिकै महत्वपुर्ण रहेको भन्दै उनको राजनीतिक योगदानको सम्झनालाई जीवन्त राख्न यस्ता कार्यक्रमले टेवा पूर्याउने छ ",उनले बताए ।
काठमाडौंको ललितपुरमा वि.स.१९८१ साल कार्तिक १४ गते जन्म भएका कर्माचार्य वि.स.२००६ सालमा पुष्पलाल श्रेष्ठ,नारायण विलाश जोशी र निरंजन गोविन्द बैद्य सहित मिलेर नेपाल कम्यूनिस्ट पार्टीको स्थापना गरेका थिए ।


Facebook Comments