छोरी जन्मेको खुसियालीमा एक परिवारले बाँडे विपन्नलाई न्यानो कपडा
कपडा बाँडिदिन पुगे पूर्व मन्त्री रघुवीर महासेठ


काठमाडौँ
कार्तिक २१ गते,
छोरी जन्मेको खुसियालीमा धनुषाका एक परिवारले विपन्नहरूलाई न्यानो कपडा वितरण गरेका छन् ।
दोस्रो सन्तानको रुपमा छोरी पाएको खुसीमा बटेश्वर गाउँपालिका-१ चित्रपुरका मनोजकुमार महतो र रेखाकुमारीले सोमबार १७३ विपन्न परिवारलाई फाइवर सिरक वितरण गरेका हुन् ।
ने.क.पा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ र एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोको हातबाट न्यानो कपडा वितरणको उद्घाटन गरिएको थियो ।
छठिहारको अवसरमा जाडोबाट जोगिन बटेश्वर गाउँपालिकाका-१ भित्रका १७३ परिवारलाई न्यानो वितरण गरिएको महतोले बताए ।
छोरीप्रतिको दृष्टिकोण परिवर्तन गर्न नातिनी जन्मेको खुसीमा न्यानो वितरणसँगै साधुसन्तको भण्डारा (भोज) समेत आयोजन गरिएको हजुरबुबा रामचन्द्र महतोको भनाइ छ ।
Facebook Comments