स्थानीय तह उपनिर्वाचन: रास्वपाले सार्वजनिक गर्याे ‘प्राइमरी इलेक्सन’को कार्यतालिका
मेयरसाप डेस्क
|
२०८१ कार्तिक २३ गते ०५:४३
काठमाडौं, कात्तिक २३: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारको टुंगो ‘प्राइमरी इलेक्ससन’ (प्रारम्भिक निर्वाचन) मार्फत गर्ने भएको छ । मंसिर १६ गते हुन् निर्वाचनका लागि रास्वपाले बिहीबार प्रारम्भिक निर्वाचन तालिका सार्वजनिक गरेको हो।
केन्द्रीय निर्वाचन समितिका संयोजक गणेश पराजुलीले एक सूचना जारी गर्दै स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न प्रारम्भिक निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको कार्यतालिका अनुसार कात्तिक २२ देखि २५ गते दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम राखेर नामावली प्रकाशन, दाबी विरोधलगायतको प्रक्रिया पूरा गरेर कात्तिक २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ ।
यस्तै उम्मेदवारको टुंगो लगाउन कात्तिक २८ गते मतदान भएर अन्तिम नतिजा कात्तिक २९ गते दिउँसो १ बजे प्रकाशित गरिने पराजुलीले जानकारी दिए ।
Facebook Comments