घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मेयरसाप डेस्क
|
२०८१ कार्तिक २७ गते १८:५२
काठमाडौँ, कात्तिक २७: स्थानीय बजारमा सुनको मूल्य रु दुई हजार चार सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला रु ३० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार ९५५ मा कारोबार भएको चाँदी आज रु एक हजार९२५ मा खरिदबिक्री भइरहेको छ ।
Facebook Comments