ट्रम्पले आफ्नो मुद्दामा सघाउने वकिललाई बनाए उपमहान्यायाधिवक्ता
मेयरसाप डेस्क
|
२०८१ कार्तिक ३० गते २१:२२
एजेन्सी: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उपमहान्यायाधिवक्तामा टोड ब्लान्चलाई मनोनयन गरेका छन्।
टोड ब्लान्च त्यही वकिल हुन् जसले हस मनी मुद्दामा ट्रम्पका लागि मुद्दा लडे। ट्रम्पलाई हस मनी मुद्दामा व्यापारिक रेकर्ड झुटो कसुरमादोषी ठहर गरिएको थियो।
यस्तो मुद्दामा दोषी ठहर हुने उनी पहिलो अमेरिकी राष्ट्रपति हुन्। यद्यपि, टोड ब्लान्चलाई अझै पनि उनको नियुक्तिका लागि सिनेटको स्वीकृति चाहिन्छ।
ट्रम्पले ब्लान्चको नियुक्तिपछि सामाजिक सञ्जालमा भनेका छन्- टोड एक उत्कृष्ट वकिल हुन् जो न्याय विभागमा एक महत्त्वपूर्ण नेता हुनेछन् र धेरै लामो समयदेखि भत्किएको न्याय प्रणालीलाई ठीक गर्नेछन्।
Facebook Comments