कैलारी गाउँपालिकामा एसइई परीक्षामा सबै अनुत्तीर्ण भएपछि प्रधानाध्यापकसहित पदाधिकारीको राजीनामा माग

श्री राष्ट्रिय माध्यमिक विद्यालयका सबै विद्यार्थी २०८० को एसइईमा अनुत्तीर्ण (नन ग्रेडिङ) भएपछि स्थानीयले प्रधानाध्यापक देशराज चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद चौधरी र शिक्षक अभिभावक सङ्घका पदाधिकारीको राजीनामा माग गरेका हुन् ।

No Author Assigned | २०८१ साउन १३ गते १६:३६
Image of storage/news/1722160669.jpg

कैलालीको कैलारी गाउँपालिका–७ भुइयाँफाँटाका स्थानीयले गाउँमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित विद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन् ।


श्री राष्ट्रिय माध्यमिक विद्यालयका सबै विद्यार्थी २०८० को एसइईमा अनुत्तीर्ण (नन ग्रेडिङ) भएपछि स्थानीयले प्रधानाध्यापक देशराज चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद चौधरी र शिक्षक अभिभावक सङ्घका पदाधिकारीको राजीनामा माग गरेका हुन् । सो गाउँको आज बसेको भेलामा ३५८ जना अभिभावकले नतिजाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नैतिकताका आधारमा प्रअसहितका पदाधिकारीले राजीनामा दिनु पर्ने निर्णय गरेका छन् ।  

 

श्री राष्ट्रिय माध्यमिक विद्यालयबाट ४४ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा कोही पनि उत्तीर्ण भएनन् ।

 


Facebook Comments