विपद र डेङ्गीसहित महामारीको समस्या समाधान गर्न काठमाडौँ महानगरको २४ घण्टे हटलाइन सेवा सुरु, यसरी गर्न सकिन्छ सम्पर्क!
नियमित बर्षावाट सिर्जना हुने डुवान, वाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन् ।
No Author Assigned | एक बर्ष अगाडि
काठमाडौँ महानगरपालिकाले विपदजन्य जोखिम र डेङ्गी हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुनेछ ।
नियमित बर्षावाट सिर्जना हुने डुवान, वाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन् ।
स्वास्थ्य विभागबाट डेङ्गी, हैजासहितका महामारीका रुपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा शिफारिस र उपचार समन्वय प्रदान हुनेछ । यसका लागि पहिलो सम्पर्क स्थापित गर्न हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको छ ।
Facebook Comments